(सागर थापा)
दाङ । गढवा गाउँपालिका १ जुरौनीबाट एक थान अटोमेटिक पेस्तोल २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति र हतियार सहितका बस्तुहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ बर्षिय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको सिबिल टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको अनुसन्धानमा बताएका छन् । प्रहरीले हतियार सहित मानिस आउदै गरेको सूचना पाएपछि ग्रहाक बनेर उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिन सफल भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनिहरुका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धामा अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको पत्रकार सम्मेलनमा जानकारी दिएका छ्न।