२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

उपराष्ट्रपति नन्दकिशोर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाई भेट

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुनसँग विदाई भेट गरेका छन्।

भदौ २४ गते देखि सेवानिवृत्त हुन लागेका प्रधानसेनापति थापाले बिहान उपराष्ट्रपतिको सरकारी निवास पुगेर बिदाई भेट गरेका हुन्।

भेटमा थापाले आफ्ना उत्तारीधिकारी प्रशुराम शर्मालाई पनि लिएर गएका थिए।

सेवानिवृत्त हुनुअघि थापा एकमहिना पहिले अर्थात यही साउन २५ गतेबाट विदामा बस्दैछन् भने शर्मा साउन २६ गतेदेखि लागू हुने गरि कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन्।

भेटका क्रममा उपराष्ट्रपति पुनले प्रधानसेनापति थापालाई सानदारपूर्वक आफ्नो कार्यकाल पूरा गरेकामा बाधाई दिएका थिए।

उपराष्ट्रपति पुनले भेटमा भनेका थिए,“नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकिरणमा यहाँको योगदान अतुलनीय छ।”

साथै नेपाली सेनाको प्रधानसेनापति हुन लागेकोमा बलाधिकृत रथी शर्मालाईपनि उपराष्ट्रपति पुनले अग्रिम शुभकामना दिएको उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव शरद रोकाले जानकारी दिएका छन्।
थापाको समय सकिएपछि शर्माले भदौं २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।