२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा हालसम्म ६ सय ६७ घनफिट काठ बरामद तथा चोरी गर्ने ४१ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

(ABC-Sanchar)
दाङ । डिभिजन वन कार्यालय घोराहीले एक बर्षको अवधिमा नियन्त्रणमा लिएको छ । कार्यालयले गत बर्षको साउन महिनादेखि असारसम्म जिल्लाका विभिन्न स्थानबाट ६ सय ६७.८८ घनफिट काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
कार्यालयले जिल्लाका १६ स्थानबाट उक्त अवैध रुपमा कटान गरिएको काठ नियन्त्रणमा लिएको हो । उक्त काठ चोरी तथा ओसार–पसारमा संलग्न रहेका ४१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय घोराहीका प्रशासन अधिकृत तुलसीराम सुवेदीले जानकारी दिएका छन् ।
वन क्षेत्रबाट काठ काट्नका लागि कार्यालयबाट स्वीकृत लिनुपर्ने भए पनि स्वीकृतविनै काठ कटान गरेपछि कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ‘कार्यालयले एक बर्षको अवधिमा १६ स्थानबाट साढे ६ सय घनफिट बढी काठ नियन्त्रणमा लिएको छ’, प्रशासन अधिकृत सुवेदीले भने– ‘अहिले उक्त अवैध काठ चोरीमा संलग्नमाथि कारबाहीका लागि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका अभियुक्तहरुलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धानलाई अघि बढाइएको उनले बताए ।
कार्यालयका अनुसार गत बर्ष घोराही उपमहानगरपालिका–१२ निवासी सुदन गिरीसहित दुई जनालाई ११७.२१ घनफिट सालको काठसहित पक्राउ गरेको थियो । उक्त मुद्दा अहिले अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ । त्यस्तैगरी घोराही उपमहानगरपालिका–२ निवासी लालबहादुर चौधरीसहित ४ जनालाई ७६.४० घनफिट सालको चिरान काठ र ५४.८४ सालको गोलियासहित, बबई गाउँपालिका–२ निवासी गोपाल घर्तीसहित ५ जनालाई ३६.९० घनफिट चिरान र ७.३३ घनफिट सालको गोलिया, घोराही–१ निवासी मानबहादुर रावतलाई ६१.३९ घनफिट असनाको गोलियासहित पक्राउ गरिएको वन कार्यालयले जनाएको छ ।
त्यसैगरी घोराही–१३ निवासी ओमराज कामीसहित ४ जनालाई ३.४३ घनफिट सालको चिरान काठ, बबई गाउँपालिका–४ निवासी युवराज विकलाई ६.३९ घनफिट काठ, घोराही–१३ निवासी धर्मजित बुढा र जीवन चौधरीलाई ११.७९ घनफिट सालको काठसहित, शान्तिनगर गाउँपालिका ३ निवासी शशिराम घर्तीसमेतको संलग्नतामा ५९.६८ घनफिट चिरान गरेको र ६.४० घनफिट सालको गोलियासहित, बबई गाउँपालिका–७ निवासी यज्ञलाई ५४.१४ घनफिट काठसहित पक्राउ गरेको छ ।
बाँके जिल्ला कोहलपुर नगरपालिका–२ निवासी राजकुमार बुढासमेतको संलग्नतामा काटिएको १३.७२ घनफिट सालको काठ, बाँके जिल्ला कालाफाटा गाविस–७ निवासी पाचु रैदाससमेत ६ जनाको संलग्नतामा काटिएको ७.७० घनफिट काठ, घोराही–१२ निवासी सौजन्य खनालसमेत ३ जनाको संलग्नतामा काटिएको ६३.५१ प्रतिशत सालको गालिया काठ, घोराही–१२ कै पूर्णबहादुर रेउलेसहित २ जनाको संलग्नतामा काटिएको २३.४५ घनफिट चिरान र २८.८३ घनफिट गोलिया, दंगीशरण गाउँपालिका–६ निवासी कुलबहादुर खत्रीसहित ३ जनाको संलग्नतामा काटिएको ३.३४ घनफिट र राजन केसीको संलग्नतामा काटिएको २०.८३ घनफिट काठ कार्यालयले गतबर्ष नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
सानो काठसहितको परिमाणका मुद्दाहरु डिभिजन वन कार्यालयका प्रमुखले हेर्न मिल्ने भए पनि प्रदेश वन ऐन नबन्दा मुद्दाहरु अदालत पठाउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा चाँडै फैसला गर्न सकिने मुद्दाहरु पनि प्रदेश वन ऐन नहुँदा ढिलाई हुने गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]