२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा एसपी काफ्ले आएपछी बन्यजन्तु चोरी शिकारको घटनामा ११ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो सक्रियता बढाउदै बन्यजन्तु चोरी शिकारका घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ गर्ने कामलाई पनि तिव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले १० दिनमा बन्य जन्तु चोरी शिकारका ६ वटा घटनामा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जस अन्तरगत गत साउन ४ गते रेडपाण्डाको छालासहित दाङको घोराही उपमहानगरपालिका–११ खैराबाट एकजनालाई प्रहरीले पक्राउ ग¥यो । रेडपाण्डाको छाला बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट सल्यानको छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ३२ वर्षीय लोकमान सुनार ब्यागमा छाला लुकाइ राखेको अवस्थामा पक्राउ परे ।

यस्तै त्यसको दुई दिन पछि साउन ६ गते चितुवाको छालासहित दाङबाट दुईजना पक्राउ परे । बोरामा शंकास्पद वस्तु बोकेर हिडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्दा बाघको छाला फेला प¥यो । घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीबाट उनीहरुको साथबाट प्रहरीले पुच्छरदेखि टाउकोसम्म पाँच फिट दुई इञ्च लम्बाई, एक फिट चार इञ्च छातीको भागको चौडाइ भएको सुकेको बाघको छाला एक थान बरामद भयो ।

यसैविच त्यसको ४ दिन पछि साउन १० गते जरायोको सिङ (ओखेटोपहार) सहित प्रहरीले दाङबाट तीनाजनलाई पक्राउ ग¥यो । तुलसीपुर–८ गहतेखोलामा साउन नौ गते राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा बबई गाउँपालिका–१ गंगटे निवासी २२ वर्षीय जीवन घर्ती र सोही गाउँपालिका–४ हापुरे निवासी ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४ साइलाकम्दा निवासी २२ वर्षीय विनोद ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको थियो ।

जिल्लामा वन्यजन्तु चोरी शिकार तथा ओसारपसारमा पक्राउ परिरहेका छन् । दाङमा १० दिनको अन्तराल असार ३० गतेदेखि साउन १० गतेसम्ममात्रै चितुवाको छाला, रेडपाण्डाको छाला दुई थान, बँदेल र जरायोको सिंह गरी वन्यजन्तु चोरी शिकार तथा ओसारपसारका छ घटना भए । जसमा ११ जना पक्राउ परेका हुन् ।

प्रहरीले सक्रियता बढाएपछि वन्यजन्तु चोरी शिकार तथा ओसारपसारका घटनामा पक्राउ पर्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विभिन्न जिल्लाबाट वन्यजन्तुका अंगहरु चोरी शिकार गरी तस्करी तथा ओसारपसार गर्नेहरु पक्राउ पर्ने क्रम जारी रहेको बताउनुभयो ।

वन डिजिभन कार्यालय दाङका अनुसार गत वर्ष ०७७÷०७८ मा बन्यजन्तु चोरी शिकार र ओसारपसारका सात घटना भएका थिए । जसमा ४० जना पक्राउ परेका थिए । डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले पछिल्ला दिनहरुमा वन्यजन्तु चोरी तस्करी तथा ओसारपसारका घटनाहरुमा पक्राउ पर्ने क्रम बढेको बताउनुभयो ।

भारत तथा बाहिर जिल्लाबाट चोरी शिकार गरी ल्याएर वन्यजन्तुका विभिन्न अंगहरु दाङमा ल्याएर कारोवार तथा ओसारपसार गरिएको उहाँको भनाइ छ । दाङलाई ट्रान्जिट प्वाइन्ट बनाएर पहाडी जिल्ला तथा भारतबाट बन्यजन्तुको तस्करी तथा ओपारपसार हुने गरेको सूचना अधिकारी केसी बताउनुहुन्छ । यसरी चोरी शिकार गरेका बन्यजन्तुका छाला, सिङलगायतका विभिन्न अंगहरु चीनलगायतका मुलुकमा पठाइने दाङ प्रहरीले अनुसन्धान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]