२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्दिया प्रहरीले ब्राउन सुगरसहित दुई गुलरियाबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

(महेन्द्र सिंह)
बर्दिया । लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–६ निलो पेट्रोल पम्प स्थित सडक बाटोबाट दुवैलाई प्रहरीले पक्राउ गरेको हो । गुलरिया नगरपालिका–७ बस्ने २२ वर्षिय अर्जुन सुनार र वडा नम्बर ४ बस्ने २१ वर्षिय सन्तोष भट्टराईलाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैको साथबाट ९ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

दुवै जना सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध फेला परेको हो । लागु औषध नियन्त्रण ब्यरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवैलाई पक्राउ गर्न सफल भएको हो ।

दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।