ABC (क्राईमबिट)
बाँके । लुम्बिनी ब्युरो र बाँके प्रहरी टोलीले भरुवा बन्दुक र कटुवा पेस्तोल पक्राउ गरेको छ ।
नरैनापुर गाउँपालिका–६ दोन्द्राका ५० वर्षीय छोटेलाल राढ भरुवा बन्दुक र कटुवा पेस्तोलसहित पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।
हातहतियारको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो समूह दाङको तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले राढबाट एकनाले भरुवा बन्दुक एकथान, त्यसमा लाग्ने छर्रा तीन थान र एउटा कटुवा पेस्तोल बरामद गरेको बताइएको छ ।
पक्राउ परेका राढमाथि थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।