२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चोरीको आरोपमा प्रहरी हिरासतमा एक युवाको मृ’त्यु शरीर भरी निलदाम

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृ त्यु भएको हो ।

घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षका खडगबहादुर तामाङलाई चो री भएको नगद ५८ हजारसहित प क्राउ गरेको थियो ।

प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरी हिरासतमा भएकै बेला उनी बिरामी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको एसपी अधिकारी बताउँछन् । ‘हिरासतमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेछ, हामीले उनको परिवारलाई पनि खबर गरेका थियौं’, एसपी अधिकारीले भने– ‘धुलिखेलमा उपचारका लागि पनि परिवारका मान्छेसहित पठाएका थियौं ।’

नियमित मा दक पदा र्थ से वन गर्ने र प्रहरी हिरासतमा रहँदा मा दक पदा र्थ से वन गर्न नपाएपछि उनको स्वास्थ्यमा समस्या आएको प्रहरी प्रारम्भिक अनुसन्धानले देखिएको छ । ‘हिरासतमा हुँदा नै टाउको ठो क्ने, शरीरमा टो क्नेलगायत अस्वभाविक क्रियाकलाप गरिएको सीसीटीभी फुटेजमा पनि देख्न सकिन्छ’, एसपी अधिकारीले भने ‘उनको सबै गतिविधि प्रहरीको सीसीटीभीमा सुरक्षित छ ।’

तामाङका आफन्तहरुले भने हिरासत भित्र प्रहरीको कु टाइले मृ त्यु भएको आरोप लगाएका छन् । ‘शरीर भर निल डाम र चो टपटक देख्न सकिन्छ । प्रहरी हिरासमतमा भएको व्यक्तिको शरीरमा कसरी चो टपटक लाग्छ रु’ मृतकका आफन्तहरुले प्रश्न गरेका छन् । तर प्रहरी भने आरोप स्वीकार तयार छैन ।

‘हिरासत कक्षमा हामीले सीसीटीभी जडान गरेका छौ,अरु आ रोपीतहरु पनि हिरासतमा छन’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘घटनाको छानबिनका लागि डीएसपीको कमाण्डमा टोली पठाएका छौं । जिल्ला प्रहरी मातहातका कार्यालयमा हिरासत कक्षमा प्रहरीले सीसीटीभी राखेकाले त्यसबाट सबै प्रष्ट हुने भनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]