२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तुल्सीपुर प्रहरीले लागुऔषधका कारोबार गरेको आरोपमा २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८

(सागर थापा)
दाङ । तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसीपुरले प्रतिबन्धित लागुऔषधको अबैध कारोबार गरेको अभियोगमा दूई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ बर्षीया लक्ष्मी श्रेष्ठ र २१ बर्षीय अरबिन्द्रसिंह ठकुरी रहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित बाहिनी चोकमा ‘सानो संसार’ नामक खाजा घर होटेल सञ्चालन गर्दै आएकी थिइन । प्रहरीले उनलाई शुक्रबार होटेलबाटै पक्राउ गरेको थियो

नुवाकोट जिल्लाको साबिक मनकामना गाबिस ७ भनारीमा माइती घर रहेकी उनको दश बर्ष पहिले बिहे भएपनि दूई बर्षदेखि श्रीमानसंग सम्बन्ध बिग्रएको हुँदा एक्लै बस्दै आएको भन्ने खुल्न आएको इप्रका तुल्सीपुरले जानकारी दिएको छ ।

त्यस्तै पक्राउ परेका ठकुरी सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नं. ७ का बासिन्दा हुन । श्रेष्ठ र ठकुरी मिलेर तुलसीपुरमा लामो समयदेखि अबैद्य रुपमा लागु औषधको कारोबार गर्दै आएको प्रहरी प्रबक्ता शर्माले बताए । ठकुरीलाई भने प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको थियो ।
तुलसीपुर क्षेत्रमा मुख्य ड्रग्सको अबैध कारोबारी उनीहरु नै रहेको डिएसपी अर्यालले बताए । ‘हामीले पक्राउ गरेका मध्य अधिकाँसले उहाँहरु बाटै ड्रग्सहरु लिने गरेको बयान गरेका छन्,’ डिएसपी अर्यालले भने ‘लागुऔषध कारोबारी केही मानिसहरु पक्राउ परेपछि उहाँहरु भागेर नेपालगञ्ज जानु भएको थियो ।’

श्रेष्ठ र ठकुरीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तर, उनीहरु पक्राउ पर्दा साथबाट कुनैपनि लागु औषध भने फेला नपरेको डिएसपी अर्यालले बताए । हामीले जतिलाई पक्राउ गरेका छौं, ती सबैले श्रेष्ठ र ठकुरीकै नाम लिएपछि पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]