२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लुम्बिनी प्रदेश ब्युरो र प्यूठान प्रहरीले चितुवाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


(सागर थापा)
प्यूठान । चितुवाको छालासहित प्यूठानबाट तीन जना पक्राउ परेका छन् । बुधबार राती करिब ११ बजे प्यूठान नगरपालिका – ८ बाग्दुलामा रहेको एक होटलबाट तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका – १ बस्ने २९ बर्षीया अविनास पुन, सरूमारानी गाउँपालिका – १ बाङ्गेसाल बस्ने ३२ बर्षीया छबिलाल परियार र दाङको राजपुर गाउँपालिका -१ बस्ने २८ बर्षीया ईन्द्र बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

चितुवाको छालाको कारोवार भईरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेशको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बसेको होटलमा खानतलासी गर्दा चितुवाको छाला सहित उनिहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक गैरेले बताउनुभयो ।

उनीहरूको साथबाट ६ फिट ६ इन्च लम्बाई र २ फिट २ ईन्च चौडाई भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।