(सागर थापा)
दाङ्ग । काेइलाबास नाकाबाट अबैध रूपमा भन्सार छलि ल्याएकाे सामान सहित २ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
करिब ३ बजे दाङको गढवा गाँउपालिका वडा नम्बर ८ कोईलाबास नाका स्थित चिहान डाँडामा भारतबाट अबैध रुपमा भन्सार छलि गरि सामान ल्याउदै गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र सिमा प्रहरी चौकी कोईलाबासबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षिय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी ३० वर्षिय प्रदिप खत्री रहेका छ्न ।
पक्राउ पर्नेहरूकाे साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको १ सय ६६ जोर जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।