२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा विभुषणको अंक हटाउने तयारी

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी ऐन आउन ढिलाई भैरहेका बेला प्रहरी नियमावली संशोधन गरी प्रहरीमा विभुषणको अंक हटाउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा विभूषणको अंक हटाउने तयारी भएको स्रोतले जनाएको छ ।
‘सशस्त्र प्रहरी र नेपाल प्रहरीमा विभूषणका लागि बढुवामा थप नम्बर पाइने भएपछि सोर्सफोर्स लगाउने, जसरी पनि पहुँचको प्रयोग गर्ने अवस्था छ, त्यसकारण अहिलेदेखि बढुवामा नम्बर नपाउने गराउन लागिएको हो’, मन्त्रालय स्रोतले भन्यो ।
प्रहरी नियमावली संशोधन भएपछि बढुवामा अब विभूषणको नम्बर नजोडिने भएको छ । यसले विभूषण वितरणलाई नै विकृत बनाएको र बढुवामा निष्पक्ष मूल्यांकन नभएको भन्दै गृह मन्त्रालयले प्रहरी नियमावली संशोधन गर्ने अन्तिम तयारी गरेको बताइएको छ ।
प्रहरी नियमावली २०७१ लाई संशोधन गरी बढुवाको अंकभार सम्बन्धी प्रावधान हेरफेर गर्न लागिएको हो । गृहले नियमावली संशोधनको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ ।
हालको प्रहरी नियमावली अनुसार कसैले विभूषण पाएको अवस्थामा बढुवा हुँदा त्यसको दुई नम्बर जोडिन्छ । विभूषणको नम्बर हटाएर ज्येष्ठतामा नम्बर बढाउने प्रस्ताव गृह मन्त्रालयले गरेको छ । प्रहरी प्रधान कार्यालयबाट आएकै प्रस्तावका आधारमा नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
प्रहरी बढुवामा एकसय पूर्णांकमा मूल्यांकन हुन्छ । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । नियमावली संशोधनपछि ज्येष्ठतावापत २२ नम्बर हुनेछ । त्यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमवापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीवापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ ।

विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने एक प्रहरी अधिकारीले बताए । बढुवाकै लागि विभूषण लिन शक्तिकेन्द्रहरूबाट दवाव दिने विकृति देखिएका कारण पनि यसमा संशोधन गर्न लागिएको गृह मन्त्रालयका अधिकारीको भनाइ छ । हरेक वर्ष विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको हुने गरेको छ ।
हाल मन्त्रिपरिषदमा विचाराधीन रहेको संघीय प्रहरी ऐनको मस्यौदामा पनि विभूषणको अंक हटाइएको छ । प्रहरी ऐनको मस्यौदा लामो समयदेखि रोकिएपछि नियमावली संशोधनमार्फत यसलाई कार्यान्वयन गर्न लागिएको हो ।
नियमावली संशोधनमा वरिष्ठ नायव निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद पनि थप्ने प्रस्ताव गरिएको छ । साथै, कार्यालय सहयोगीको पाँच तह बनाउन लागिएको छ । हाल कार्यालय सहयोगीले भर्ना भएकै पद र तहबाट अवकाश पाउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।