१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङको तुलसीपुरमा मास्क अनिवार्य लगाउ अभियान शुरु

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

(ABC-Sanchar)
दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । सोही अवसरमा दाङको तुलसीपुरमा पनि तपाईको मास्क खोइ अभियानलाई पुनः निरन्तरता दिइएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाईमा उक्त कार्यक्रम गरिएको हो ।

तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सस्शत्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टस क्लब दाङ लगायतको सहकार्यमा मास्क वितरण कार्यक्रम गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क अभियान सुरु गरिएको छ ।

त्यस्तै तुलसीपुरमा शुरु भएको मास्क अभियानले तुलसीपुर उद्योग वाणिज्य संघ चोक देखि तुलसीपुर बजार क्षेत्र, बसपार्क, सार्वजनिक यातायातमा सवार यात्रुहरु र मास्क नलगाएर खुलेयाम हिड्डुल गर्ने पैदलयात्रुलाई मास्क वितरण गरेको छ । साथै ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ ।

मास्क वितरणका अवसरमा तुलसीपुर उद्योग वााणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सबैलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान निरन्तर चल्ने बताए । त्यस्तै उनले व्यवसायीहरुलाई अनिवार्य रुपमा पुर्ण रुपमा स्वास्थ्यको मापदण्डको पालना गरेर व्यवसाय संचालन गर्न समेत अनुरोध गरे ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पटक पटक स्वास्थ्य सम्बन्धी मापदण्डको पालन गर्न अनुरोध गरे पनि व्यवसायी तथा आम नागरिकले अतेरी गरेमा अब भने कानुनी कार्वाही गरिने बताएका छन् । ली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!