१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बर्दिया प्रहरीले लागुऔषध कारोवारी धमाधम पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । लागु औषध विरुद्धको अभियान तिब्र पारेको प्रहरीले एक महिना यता लागु औषध निस्तेज अभियान अन्तगर्त दैनिक जसो लागुऔषधसहित संलग्न व्यक्ति पक्राउ गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार ठुलो परिमाणमा लागुऔषध (ब्राउन सुगर) सहित २ जना कारोबारी पक्राउ गर्न सफल भएको छ । गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित नयाँ बन्दै गरेको घरको कोठाबाट जिल्ला गुलरिया ४ का बर्ष २५ का अरिव खान पठानलाई २४ ग्राम ४२० मिलिग्राम लागु औषध (ब्राउन सुगर)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।
त्यस्तै बर्दिया प्रहरीले शुक्रबार भारतबाट नेपाल तर्फ आउँदै गरेको बाँकेको खजुरा गाउँपालिका वडा नं.१ का २२ बर्षिय सुमित सुनारलाई ४ ग्राम २६० मिलिग्राम लागु औषध (ब्राउन सुगर) सहित नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दुबैजना लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको बुझीएकोले थप अनुसन्धान भइरहेको एसपीको भनाई छ । बर्दिया प्रहरीले यसअघि बर्दियाको राजापुर, गेरुवा, मधुवन, गुलरियालगायतका क्षेत्रबाट लागुऔषधसहित संलग्न युवालाई पक्राउ गरीसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!