२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका महानिरीक्षक क्षेत्रीलाई पीडित:श्रीमती देवा जिसीको (खुलापत्र)

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८


(सागर थापा)
काठमाडौं । रास्ट्र सेवक प्रहरी जवान र परिवारको बास्तबिक पिडा
नेपाल प्रहरी संगठन आफैमा यस्तो पबित्र मन्दिर हो। हामी सबैलाई थाहा भयकै कुरा हो। एक प्रहरी बन्नको लागी हामी कति कडा मेहनत र संघर्ष गरि विभिन्न वाधा पार गर्दै मेडिकल फिट भय पछि मात्र नेपाल सरकारले नियुक्ती पत्र दिन्छ। सबैलाई अबगत नै छ। तर कुनै पनि प्रहरी कर्मचारी देश र जनताको सेवाको निमित्त डिउटि निर्वाह गर्दा गर्दै उस्को जागीर अवधि१२बर्ष बित्छ। देश र जनताको निमित्त काम गर्दा गर्दै उ एक दिन दीर्घरोग (क्यान्सरको) सिकार हुन पुग्छ। हस्पिटल जान्छ चेक् जाच गराउछ, डाक्टरको सल्लाह अनुसार केही समय आरामको आवश्यकता पर्छ। पुन :हस्पिटल हाजिर हुन आउने गरि केही दिन हापे बिदा जान्छ। तर हापे बिदा अबधी अगाबै सोहि रोगकै कारण मृत्यु हुन पुग्छ। मृत्यु भयको कुरा हस्पिटल अनि दरबन्दीमा जानकारी हुन्छ। घर परिवारमा ठुलो बज्रपात पर्छ। मृतकका २ वटा नाबालक टुहुरा छोरा छोरी अनि श्रीमती हुन्छे। अब ती श्रीमती अनि टुहुरा छोरा छोरीको भबिस्य कस्ले हेरि दिने यस्तो परिस्थितिमा उसको घर परिवारलाई राज्यले प्रोत्साहन गर्नु पर्ने श्रीमतीलाई असाधारण पारिवारिक निबृतिभरण हुनु पर्ने हो। यसै पेन्सनको सिलसिलामा धेरै ठाउमा हारगुहार गर्दै ति टुहुरा नाबालक छोराछोरी साथमा बोकेर नेपाल प्रहरीको सबै भन्दा उच्च ब्यक्ती प्रहरी महानिरीक्षक देखि गृहमन्त्री मन्त्रालयको घर दैलोमा ढाेका घच्घच्याउन पुग्छे। तर कसैले पनि वास्ता गर्दैनन कतैबाट सुनुवाइ हुदैन राज्यले बाल बच्चाको लागि भय पनि शिक्षा , स्वास्थ्य देखि लियर सम्पुर्ण जिम्मा लिनु पर्ने हो। राज्यले नत पेन्सनको बेबस्था मिलाइ दिन्छ। नत छोराछोरी को भबिस्य..? अब उनिहरुको भबिस्य कुन मोडतर्फ मोडिने हो.? साझ बिहानको छाक कसरी टार्ने हो.? यस्तो किसिमको पिडा त्यो मृतकको श्रीमतीलाई मात्र होइन, भोलिको दिनमा गएर तपाईंको पनि आफन्त कुनै रोगको सिकार हुनु पर्ला.. सबैजनाको यस्तै हालत भयो भने राज्यबाट अपहेलना हुनु पर्यो भने अब आउने दिनहरुमा रास्ट्रसेवक कर्मचारीले कुन मनोबलका आधारमा देश र जनताको सेवामा खटिएलान्.? कसरी आफ्नो कर्तव्य निर्वाह गर्लान् .? उच्च अहोदामा रहनु भएका मन्त्रीज्युहरु यो एक बिधुवा नारिको मात्र पिडा होइन, उ जस्ता धेरै पीडित छन् तपाईंकै छोरी चेली सम्झेर सोच्नुस् त तपाईं हामी पनि एक पटक सोचौ राज्यलाई खबरदारी गरौ। ताकी अब उनी नारीले जस्तो पिडा अरु कुनै नारीले भोग्न नपरोस। जय नेपाल।।।?
सत्य-यथार्थ घटना सम्बन्धि नेपाल प्रहरी जवान तथा सिङ्गो प्रहरी संगठन प्रती समर्पित लेखलाई धेरै भन्दा धेरै सेयर गरि नैतिक सहयोग गरिदिनुहुन विनम्र आग्रह तथा अनुरोध गर्दछु। #जय_मार्तिभुमी_नेपाल_आमा????
पीडित :- श्रीमती देवा जि.सी.
प्युठान नगरपालिका -१ खैरा गजुरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]