२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जमुनाह प्रहरीले ८५ तोला चाँदी कपडा सहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८

ABC (क्राईमबिट)
बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुका मुगुम कार्मारोङ गाउँपालिका ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए ।
रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपाने बताए ।

बरामद गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको डिएसपी न्यौपानेले बताए । ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सइ खत्रीका अनुसार कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’
भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको बाँके प्रहरी प्रबक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]