२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महिला संसदहरुले असन्तुष्ट जनाए पछि बिमला वलीको मन्त्री बन्ने हरायो

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८


(ABC-Sanchar)
बुटवल । लुम्विनी प्रदेशका मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाईएको छ।
माओवादी निकट महिला सांसदले असहमती जनाएपछि मन्त्री हुनेहरुको सुचीबाट उनको नाम हटाईको हो।
नेकपा एमालेले आफनो सांसद दावी गर्दै आएकी बिमला खत्री वलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे बापत मन्त्री बनाउने आश्वासन दिएको चर्चा चलेको थियो।
नेकपा माआवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीको मुख्यमन्त्रीमा दावी पेस भएसंगै बिमला वली मन्त्री बन्ने निश्चित जस्तै भएको गठबन्धनका नेताहरुले बताएका थिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धीन खानले बिमला वली बिना बिभागीय मन्त्री बन्ने निश्चित भएको बताएका थिए।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले समेत बिमला वली बिना बिभागीय मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिएका थिए।
तर माओवादीबाट निर्वाचित सांसदहरुले आफुहरु संघर्षको मैदानबाट आएको जिवनको लामो समय पार्टीका लागि खर्चेको भएपनि भर्खरै प्रवेश गरेकाहरुलाई मन्त्री बनाउ नहुने भन्दै असन्तुष्टि जनाएका कारण नाम हटाउनु परेको गठबन्धनमा मन्त्रीहरुको नाम तय गरेका एक नेताले बताए।
आज आन्तरिक किचलो हुदा बिमला जी मन्त्री बन्न पाउनु भएन अवको पुर्नगठनमा पर्नुहुन्छ उनले भने। समयचक्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।