१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ लमही सडक खण्ड माछा पोखरी बन्दै

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ लमही सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आए पनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दूर दशाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ । ठुला–ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म प्रदेश सरकार र स्थानीय सरकार सहित सडक डिभिजन कार्यालयले त्यस तर्फ ध्यान नदिँदा अहिले दिनहुँ जसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरूको भनाई रहेको छ ।

उक्त सडकमा हजारौँ साना ठुला गाडीहरू आहोर दोहोरो गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् । यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझ्दा कार्यालय प्रमुख नीरज शाक्यले वर्षाका कारण काम गर्न नसकिएको बताए । वर्षा रोकिन साथ सडक कालोपत्रे गर्ने उनले आश्वासन दिएका छन् ।
सडकमा पानी पोखरी बनेको महिनौँ दिन भई सक्यो अव पनि सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे नगर्ने हो भने कुनै न कुनै दिन ठुलो दुर्घटना भई त्यसले ठुलो क्षति निम्त्याउने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!