१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मास्क अनिवार्य लगाउ अभियान लिएर सडकमा दाङ प्रहरी प्रबक्ता डिएसपी : रिजाल

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

(सागर थापा)
दाङ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिकमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन थालेको छ । बजारमा नागरिकको चहलपहल बढ्न थाले पछी भने अधिकांश नागरिकमा मास्कको प्रयोग घट्दै थालेको देखिन्छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रोटरी क्लव अफ दाङसँगै संयुक्त रुपमा गरेको तपाइको मास्क खोइ अभियान आईतावार एक कार्यक्रम गरेर सकिएको छ। घोराहीमा साताव्यापी कार्यक्रम गरेर उक्त अभियानको समापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल,घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी,
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसी लगायतले घोराहीको विभिन्न पसल सडकमा हिन्ने पैदल यात्रु सवारी साधन लगाएलाई तपाइको मास्क खोइ भन्दै मास्क वितरण गरिएको थियो ।

कोरोना भाइरसको जोखिम कायमै रहेको भएपनि नागरिकहरुले हेलचेक्राई गरेको पाइएको छ । गाडी तथा सडकमा हिडडुल गर्दा पनि मास्क नलगाउने गरेको पाइएको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!