२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पत्रकार महासंगका अध्यक्ष दुर्गालाल केसी मार्फत सहयोगको रकम पीडित परिवारलाई हस्तान्तरण

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

(ABC-Sanchar)
दाङ । घोराही १९ राम्चे स्थित कोइलाखानीमा पुरिएर मृत्यू भएका मोहनलाल कामीका परिवारलाई सहयोग रकम हन्तान्तरण गरिएको छ ।

मृतकका श्रीमती ३२ बर्षकी शान्ति कामीलाई घोराहीमा सहयोग रकम हस्तान्तरण गरिएको हो । कोइलाखानीमा पुरिएर मृत्यू भएको समाचार सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि सहयोग रकम जुट्न थालेको थियो ।

कामीको गत फागुन १० गते कोइला निकाल्ने क्रममा कोइलाखानी भित्रै पुरिएर मृत्यू भएको थियो । यस अगाडी मृतकका परिवारले बैंकमा जम्मा भएको तीन लाख रुपैँया प्राप्त गरिसकेका छन् । आइतरवार पत्रकार महासंगका अध्यक्ष दुर्गालाल केसी मार्फत सहयोगी दाताले पठाएको रकम हस्तान्तरण गरिएको हो ।

लमजुङ हाल इजरायलमा रहेकी विमला देवि पन्तले १० हजार तथा महेन्द्र नगर कन्चनपुरका सुशील पाण्डेले ५ हजार गरी १५ हजार रुपैँया अध्यक्ष केसी र घोराही उपमहानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष हर्क घर्तीले हस्तान्तरण गरेका हुन्।

सहयोग रकम बुझ्ने क्रममा शान्तिले श्रीमानको मृत्यू भैसकेपछि छोराछोरीको पालन कसरी गर्ने भन्ने चिन्ता भएको बताइन् । उनका दुई छोरा तथा तीन छोरी गरी पाँच जना छोराछोरी रहेका छन् ।

जेठी छोरीको बिवाह भैसकेको छ, भने अन्य १३ बर्ष मुनिका बच्चाहरु रहेको उनले बताइन् । हाल उनिहरुको पालनपोषणका लागि सहयोगि दाताले पठाएको रकमवाटै गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।