२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरकारी मोटरसाइकलमा ३७१ वटा बोत्तल लागूऔषध सहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८

ABC (क्राईमबिट)
सर्लाही । सशस्त्र प्रहरीले सोमवार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध लिएर भारत तर्फबाट नेपाल आउँदै गर्दा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनकौल गाउँपालिका वडा नं. ३ का २६ वर्षीय जयकिशोर सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन् । ना.१ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागू औषध कोडिवेल कफ सिरफ सहित सिंहलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुस्माराले सिंहलाई ३ सय ७१ बोतल कोडिवेल सहित पक्राउ गरेको श्रेष्ठले बताएका छन् ।

सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । मनुस्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले बरहथवा नगरपालिका–८, टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।

भारतबाट तस्करले प्रहरीलाई छलेर लागूऔषध सिंहलाई दिएको थियो । सीमाबाट प्रहरीलाई छल्दै बरहथवा तर्फ आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । थप अनुसन्धानका लागि सिंहलाई नेपाल प्रहरीको जिम्मा लगाइएको श्रेष्ठले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]