१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अस्पतालका सुत्केरी महिलाहरुलाई फलफूल सामाग्रीहरु वितरण

Logo
प्रकाशित शुक्रबार, भाद्र ०४, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगञ्ज मुस्लिम युवाहरुद्वारा भेरी अञ्चल अस्पतालमा रहेको सुत्केरी महिलाहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । मोहरर्मको अवसरमा सुत्केरी महिलाहरुलाई फलफूल , पानी, बिस्कुट र मेवाहरु वितरण गरि इमामे हुसैन रजिअल्लाह हु तआला अन्हुको युवाहरुले याद मनाएका छन् ।
मुस्लिम युवा आसिफ अन्सारीले बताए कि हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु दीने ईस्लामको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु तआला अलैही वसल्लमको नाती हुन् । हिजरी ६१ मा पैगम्बरे ईस्लामको नातिलाई इराकको कर्बला भन्ने क्षेत्रमा सहिद गरिएको थियो । मानवता र दुष्टता बीच भएको त्यो युद्धमा हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु सहित ७२ जना घरपरिवारलाई सहिद गरिएको थियो । अन्सारीको अनुसार मोहरर्म कुनै पर्व नभएर एउटा यादगार हो अपराध , सामाजिक विकृति र दुष्टतालाई अन्त्य गर्न सहिद हुनुभएको हजरत इमाम हुशैनले दिएको संदेश बमोजिम समाजसेवा गरेर याद मनाउनु पर्छ भन्ने उहाँको भनाइ थियो । ईमाम हुसैनले दिएको संदेश शान्ति , भेदभावरहित समाज र भाइचारा रहेकोले भेरी अञ्चल अस्पतालमा रहेको सय जना सुत्केरी महिलाहरुलाई फलफूल लगायतको सामग्री वितरण गरिएको हो । उहाँको अनुसार हिजरी ६१ मा हजरत ईमाम हुशैन रजिअल्लाह हु तआला अन्हुलाई यजीद भन्ने शासकले २२ हजार फौजको दस्ता लिएर सहिद गरेको थियो । यजीदले दीने ईस्लामको संदेश विपरीत शासन चलाउने चेष्टा गरेपछि ईमाम हुसैन र यजीद बीच युद्ध भएको हो । ईमाम हुसैन हजरत पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको नाती भएकोले दुष्ट र मानवताहीन ब्यक्तिलाई मानव जातीको रक्षक स्वीकार नगर्ने अठोट लिएपछि कर्बलाको युद्ध भएको थियो । यजीदको बारेमा वल्माहरुले विभिन्न किताबको प्रमाण अनुरुप बताउँछन् कि यजीदले जाँडरक्सी , बलात्कार , नमाज नपढ्ने , जुवातास लगायतको अपराधलाई बढावा दिने र आफू पनि संलग्न हुने गरेकोले ईमाम हुसैनले उसको शासनलाई अस्वीकार गर्नुभएको थियो । सोही अपराधलाई अन्त्य गर्न ईमाम हुशैन ७२ जना सहित सहिद भएर दीने ईस्लामको संदेशलाई जोगाएका हुन् । यादगारे हुसैनको अवसरलाई आधार बनाइ म
नेपालगञ्जका मुस्लिम युवाहरुले गरेको सहयोगलाई प्रोत्साहित गर्दै कृष्ण प्रसाद श्रेष्ठले युवाहरूको प्रसंशा गर्नु भयो । उहाँले भन्नू भयो युवाहरु समाजको जग हुन् र युवाहरुले सामाजिक कार्य गरेको देखेर प्रसन्नता अनुभुती हुन्छ । आगामी दिनमा समेत सामाजिक कार्य गरेको हेर्न पाउँ भन्दै शुभकामना समेत दिनुभयो । त्यस्तै सुत्केरी महिलाहरुलाई सहयोग गर्न अगाडि कदम बढाएको मुस्लिम युवाहरूलाई प्रोत्साहित गर्दै हाथ बटाउन समाजसेवी रचना श्रेष्ठले समेत सहयोग गर्नु भएको थियो । उहाँले युवाहरुले गरेको सामाजिक कार्यमा सहभागी हुनु भनेको युवाहरूलाई बाटो देखाउनु सरह हो भनी बताउनु भयो । सोहि सहयोग सामाग्री वितरण कार्यक्रममा युवा पिढीबाट अंकित श्रीवास्तव र मुस्लिम युवा समीर अली बेहना, अजहर सिद्दीकी, साहिल अन्सारी , इब्रार खान लगायतको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!