२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अरुको गोपनियता भंग गरेर चरित्र हत्या गर्ने युटुबरसहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र ०४, २०७८


ABC (क्राईमबिट)
बिर्तामोड । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित तीन पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चार आलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् । उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

त्यस्तै क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलमाथि पनि उजुरी परेको छ । उनीहरुको खोजी भइरहेको छ । मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक गरेका थिए । चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी चिनेको मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए । आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् । अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।

पीडितहरुले निवेदनमा आफूहरुको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरुलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरुको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक संजालमार्फत युटुबमा लाइभ प्रसारण गराइ टीकटक प्रयोगकर्ता कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलसमेतले सामाजिक संजालमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्र हत्या गरेकाले २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका छन् । त्यस घटनाको सर्बत्र बिरोध भएको छ । पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेका छन् । ती युटुबरलाई कार्वाही गराउनका लागि आफूहरु पनि सहयोग गर्न तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले भनिन्– त्यस्ता युटुबरलाई कार्वाही हुनैपर्छ ।

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुवेहरुलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नु पर्ने अबस्था आउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।