(सर्मिला बोगटी)
धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-९ गौरीकटानस्थित सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।