२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका एआईजी सरुवा भएको महिना बित्दा पनि किन भएन कार्यान्वयन ?

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका एआईजीहरूको सरुवा एक महिना बढी भइसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा एआईजीहरूको सरुवा कार्यान्वयन हुन नसकेको हो ।

गएको असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरूको सरुवा गरेको थियो । जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रमुख एआईजी हरिबहादुर पाललाई कार्यविभाग पठाइएको थियो ।

पालको स्थानमा प्रद्युम्न कार्कीको सरुवा गरिएको थियो । प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो भने अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको थियो ।यस्तै, सहकुल थापालाई मानवस्रोतमा पदस्थापन गरिएको थियो ।

गृहमन्त्री खाणले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका कारण सरुवा रोकिएको थियो । तर, गृह मन्त्रालयले भने सरुवा रोक्न कुनै दबाब नदिएको दाबी गर्दै आएको छ । गृहकै निर्देशनमा आईजीपी शैलेश थापा क्षेत्रीले सबै एआईजीहरूलाई रमाना नलिन मौखिक निर्देशन दिएका थिए । बेथानचोक खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]