१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सुर्खेतबाट सल्यान बसाइँ सरेका राउटे समुदाय फेरि सुर्खेतमै फर्किए

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


(ABC-Sanchar)
सल्यान । कालिमाटी गाउँपालिका वडा नम्बर ५ काल्चेमा गएकाे असार महिनामा आएका राउटे समुदाय शुक्रबार फेरि सुर्खेत फर्किएका हुन् ।

याे जातीमा बुधबार ७ वर्षीया एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएकाे राउटे वस्तीमा खटिएका सामाजिक सेवा केन्द्र (साेसेक) दैलेख जाेडी शिक्षक लालबहादुर खत्रीले लेकाली अनलाइनलाइ बताए । उनकाअनुसार सल्यान र सुर्खेतकाे सिमान नजिकै गुर्भाकाेट नगरपालिका वडा नम्बर १ मा राउटे समुदाय बसाइँ सरेका छन् ।

असारमा सल्यान आएका उनिहरु पहिले काल्चे डाँडाेमा बस्थे । त्यहाँ बस्दा एक महिनाकाे अन्तरालमा एक बच्चा सहित ३ जनाकाे मृत्यु भएपछि उनिहरु काल्चे डाँडाेबाट काल्चे खाेलाकाे छेउमा सरेका थिए ।
काल्चे खाेलामा सरेकाे केहिदिन पछि बुधबार ७ वर्षीया बालिकाका मृत्यु भएपछि शुक्रबार उनिहरु त्यहाँबाट बसाइ सरेर डाँडाे पल्लपट्टी रहेकाे सुर्खेत गुर्भाकाेट नगरपालिकाकाे १ नम्बर वडामा सरेका हुन् ।

शिक्षक खत्रीले लेकाली अनलाइनसँग भने, ‘मान्छे मर्न वित्तिकै अशुभ भनेर बसाइ सर्ने उनिहरुकाे संस्कार हुने रहेछ । त्यसैले उनिहरु जिल्लाकाे सिमाना नजिकै गएका छन् ।’ उनिहरुले एउटा ट्याक्टर मगाएर पाँच/छ टिपमा सामान सहित मान्छे सरेका थिए ।

सल्यान आउँदा १ सय ४४ जना रहेका राउटे समुदायमा ४ जनाकाे निधन भएपछि अब १ सय ४० जना रहेकाे शिक्षक खत्रीले बताए ।

राउटे समुदायकाे संरक्षण, स्वास्थ्य हेरचाह र शिक्षाका लागि सामाजिक सेवा केन्द्र (साेसेक) दैलेख जाेडी शिक्षक खत्रीसहित उनकाे श्रीमती दुर्गा खड्का ‘खत्री’ र अहेब विनाेदकुमार विसीलाइ बस्तीमै परिचालन गरिरहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!