१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बिरगंजमा श्रावण बौधि माईको मन्दिरमा पुजा अर्चना मेला सुरु

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


(ABC-Sanchar)
बिरगंज । सयौं वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन बिरगंज घडीअर्वा अशोक वाटीका टोल स्थित बौधि माईको मन्दिरमा पुजा अर्चना मेला लाग्ने चलन चल्दै आएको छ । जसमा हजारौं भक्तजनहरु आफ्नो भाकल (मनोकामना) पूरा भएकोमा उक्त मन्दिरमा नालियल ,खसीबोका ,हाँस, खुकुरा को बलि चढाउदै आएका छन।

आज उक्त मन्दिरमा हजारौं भक्तजनहरु को घुइचो लगेको थियो जसमा पुरुष भन्दा महिलाहरु को उपस्थिति बढी रहेको थियो । उक्त मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो।

सो मन्दिरको प्रथम पुजा मन्दिरका संस्थापक परिवारका गौरी शंकर साह कानु , लखन साह कानु ,अमर साह ,पासपत साह , मदन साह ,मनोहर साह लगायत का परिवार बाट पुजा सुरु भइ अन्य भक्तजनको लागि पुजा गर्न मन्दिर को ढोका खोलीने गरिएको छ।

केही वर्ष अगाडिको घडिअर्वा पाक्षिक पत्रिकाका सम्पादकको लेख अनुसार सयौं वर्ष अगाडि धनसर साह कानु परिवार द्वारा उक्त मन्दिरको स्थापना गरि हरेक श्रावण महिनाको शुल्कपक्ष चर्तुदर्शीका दिन बौधि माइको पुजा गर्ने चलन चलीआएको उल्लेख गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!