२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीले पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेको भिडियोमा देखियो पत्रकार महासंघको आपत्ति

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघले लागूऔषध ओसारपोसारमा संलग्‍न भएको आरोप लगाउँदै पक्राउ गरिएका रौतहटका पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेर फसाउन खोजेको बताएका छ। रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको हो। पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागूऔषध राखेर पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले विज्ञप्ति निकालेर होटेल ग्रीन सिग्नल अगाडि रोकिराखेको मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]