१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कोहलपुर प्रहरीको ठुलो सफलता वृद्धाको हत्यामा संलग्न एक चाइनिज पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०७, २०७८

ABC (क्राईमबिट)
बाँके । कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कोहलपुर–११ एकतानगर निवासी ८२ वर्षीया साउनी कार्कीको हत्या गर्ने व्यक्ति पक्राउ गरेका हुन् । सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरले कार्कीको हत्या गरेको आरोपमा कोहलपुर–१२ चप्परगौडीस्थित रामजानकी टोल बस्ने ३४ वर्षीय चाइनिज भनिने सन्तोष कुमार थापालाई पक्राउ गरि सार्वनजनिक गरेको हो ।

निज थापाले गत साउन २ गते राती घर मै सुतिरहेको अवस्थामा विभिन्न घरेलु हात हतियार प्रयोग गरेर हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । अभियुक्त थापाले ज्यानै मार्ने उद्देश्य राखी धाराको हत्ता खोली सोही फलामको हत्ताले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा नीज थापाले आफूले हत्या गरेको स्वीकार गरेको र घटनास्थलमा भेटिएका प्रमाणहरुको आधारमा पक्राउ गरिएको हो ।‘ थापा मादक प्रदार्थ सेवन गर्ने लागू औषध प्रयोगकर्ता भएको खुलेको छ । नेपाल र भारतको रुपैडियासम्म जाने गरेका थिए । श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि अपराधिक क्रियाकलापमा सलंग्न भएको देखिएको छ ।’ उनले भने ,‘ वृद्धाको हत्या भएको दिन विहान ८ बजे मदिरा सेवन गरेर हिडेको बयान दिनुभएको छ ।

दिउँसो विभिन्न स्थानमा गाँजा र चुरोट सेवन गरेको देखिएको छ । राती सबै सुतिसकेपछि एकतानगरको बाटो हुँदै हिड्दा साउन कार्कीको घरमा चोरी गर्ने मनसायले घरमा पुगेको देखिन्छ । ’

प्रहरीसँगको बयान नै क्रममा थापाले घरभित्रै छिरेपछि आफूलाई देखे चिन्ने भएकोले चोरी गरेको यदि निजले थाहा पाएपछि फसिने डरले धाराको हत्ता खोलेर टाउकोमा प्रहार गरी वेहोस बनाएको बताए । पछि दराज समेत खोली सुनको चेप्टो जन्तर आकारको गहना, ६ हजार जति नगद, सानो सुनको तिलहरी, छिल्लर पैसा र एउटा चाँदीको बाला चोरी गरी खेतखेतै भाग्नु भएको थियो ।

गेको ।‘निज चाईनिज भन्ने सन्तोष कुमार थापा राती हिड्दा साथमा रिन्ची,चक्कु,लाठी समेत बोकेर हिड्ने गरेको । यस अघि नै थापाले ज्यान मार्ने उद्योग, चोरी जस्ता जघन्य मुद्दामा सजाय पाईसकेको समेत रेकर्डमा देखिएको ।’ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोहलपुर प्रहरीले साउनीको हत्या आरोपित पत्ता लगाउनको लागि विज्ञ टोली र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । कोहलपुर डियसपी खनालले लामो समयको अनुसन्धान पछि अभियुक्त पत्ता लगाउन सफल भएको डिएसपी खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!