१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

दाङ एसपी पुरानो फाइल खोल्दै कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ बर्षपछि पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराहीमा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई १६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

२०६२ मंसिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका हु्न् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । हत्यापछि लुकेर हिँडेका प्रकाशलाई गोरखाको अजिरकोटस्थित झ्यालाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!