२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेशकी सांसद विमला वलीविरुद्ध छोराहरुबाट अंश मुद्दा दर्ता

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साइलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा अंश मुद्दा दर्ता गरेका हुन् ।

दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका-६ लेटारका अमरबहादुर वलीले सो निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार ३ भदौमा पेस भएको उक्त मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।

वलीबाट नाबालक छोराहरूको सम्पत्तिको हिनामिना हुने अवस्था आएकाले उक्त सम्पती संरक्षण र नाबालकहरूको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको अदालतमा दर्ता भएको निवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]