१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रापनालाले कब्जा गरेर भवन बनाउदै पानी घरमा पस्ने खतरा

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८


(ABC-Sanchar)
दाङ । घोराही चमै,कटुवा सत्गैया कुलो जल उपभोक्ता तथा सरसफाइ समितिको सम्पर्क कार्यालय भवन निर्माण स्थल’ राता अक्षरले लेखिएको बोर्ड घोराही–१४ मा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम तिर टाँगिएको छ । जहाँ कुलो बग्ने भएकाले बजारसँग भवनले जोडेको छैन ।
उक्त निर्माणस्थलमा एक दुईवटा टिनका पाताले बार लगाइएको छ । प्रतिष्ठानको पर्खाल र पश्चिमतिरका घरको आडमै जग बसालेको देखिन्छ । त्यसैमा कुलो बगेको छ । घर बन्यो भने तल पानी र माथि भवन हुनेछ । सो भवनले प्रतिष्ठानलाई बजारसँग जोडेर भवनै भवन देखिने छ । व्यक्तिगत लाभका लागि घर बनाउन लागेको भने मानिदैन । सामाजिक लाभका लागि समितिको भवन निर्माण हुँदैछ । त्यो काम सुहाउँदिलो भने छैन । त्यसले कुलोलाई घरभित्र छिराउने प्रक्रियाको शुरुवात गर्ने स्थानीयले बताए । कुलो समिति आफैले माथिबाट घर बनाएपछि पायकपर्ने अरु ठाउँमा त्यसरी नै हस्तक्षेप बढ्ने र कुलोको खाली क्षेत्र संकटमा पर्दै जानेछ ।
भवन नबनाउन पटक–पटक छलफल गरेर पनि फलदायी नभएको एक मेडिकल व्यवसायीले बताउनुभयो । आफ्नो नाम नलेखिदिन आग्रह गर्दै उहाँले त्यहाँ भवन बनाउन सबैको विरोध रहेको बताउनुभयो । उहाँका अनुसार सुन्दरता नाश हुन्छ । सार्वजनिक स्थल सकिन्छ । यसरी सार्वजनिकस्थलमा मनलाग्दी संरचना बनाउने काम जनप्रतिनिधि आएपछि व्यापक बढेको बताइन्छ । त्यसमा पनि अनुमति नलिई र नक्सापास नगरी अनेकौं संरचना बनिरहेका छन् । सिंगै चमैसोतालाई ढलाई गरेर लुकाउँदा समेत घोराही उपमहानगरले रोक्न सकेन । ‘ठूलो लगानी गरिसकेपछि अहिले न भत्काउन मिल्ने न स्वीकृति दिन सकिने भएको छ’– भौतिक पूर्वाधार महाशाखा प्रमुख डिई युवराज पौडेलले भन्नुभयो– ‘थप नबनाउनु भनेका छौँ ।’
उक्त कुलामा घर बन्नलागेको बारेमा पनि आफूलाई जानकारी नभएको प्रमुखले जानकारी दिनुभयो । उहाँले घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगीसँग बुझेर मात्रै बोल्न सकिने बताउनुभयो । चमै सोता कतै घरभित्रबाट भल बग्छ । कतै ढलान गरेर लुकाइएको छ । अधिकांश क्षेत्र घोराही–१८ मा पर्छ । ‘त्यो ढलान भत्काउनुको विकल्पै छैन’– घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं घोराही–१८ का अध्यक्ष भरतमणि अर्याल भन्नुहुन्छ– ‘यसरी खोलालाई नालामा परिणत गर्न पाइँदैन ।’ तर उहाँ निर्वाचित भएपछि खोलैभरि यस्ता अनेकौं समस्याहरु सिर्जना भएका छन् ।
खोला नअटाएर रझेना बजारमा भल बग्छ । मानिसहरुका घरमा पानी हुलिन्छ र धनमाल डुबाउँदै आएको छ । स्थानीय सरकारले मिचिएको खोला फराकिलो बनाउने हिम्मत गरेर बस्ती जोगाउन सकेको छैन । बरु हरेक पटकको भीषण वर्षा र बाढी आउ“दाको भोलिपल्ट डोजर लगेर खारिन्छ र हदैसम्मको निरीहता प्रस्तुत गर्दै आएको छ । सार्वजनिकस्थललाई कसरी जोगाउनेभन्दा पनि विवादमा नपरेर थामथुम पार्न विचरो शैली अपनाइएको छ । त्यही टिठलाग्दो शैलीकै कारण विनाअनुमति र नक्सापासको भवन कुलामा बन्न लागेको बताइन्छ । एवं तरीकाले मास्दै जाने संस्कारकै विकास हुनेमा स्थानीयको चिन्ता छ । नयाँ युगबोध गोबिन्द खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!