१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

भारतसंग जोडिएको सीमा सुरक्षा बलियो बनाउन आईजीपी क्षेत्रीको निर्देशन

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।

सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना सार्वजनिक भइरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा प्रहरी चौकीका ईञ्चार्जहरुलाई थापाले विशेष निर्देशन दिएका हुन् ।

मंगलबार भिडियो कन्फरेन्समार्फत उनले सीमामा हुने घटनालाई न्यूनिकरण गर्न अन्तर निकाय समन्वयमा जोड दिए ।

‘सीमापार सम्बन्धलाई उत्कृष्ट बनाएर पारस्परिक हितर्लाइ संस्थात हितमा उपयोग गर्नुपर्छ’ थापाले भने, ‘प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँग समन्वयमा सीमामा हुने अपराध न्यूनिकरणका लागि दत्तचित्त भएर लाग्नुस् ।’

थापाले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने पनि बताए ।

उनले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखी मिठो बोली बचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुन पनि निर्देशन दिए ।

सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलको हो । तर प्रहरीले सीमामा हुने अपराधिक गतिविधिको न्युनिकरणको जिम्मेवारी सम्हाल्दै आएको छ, त्यसका लागि सीमामा प्रहरीका ४३ वटा सीमा सुरक्षा चौकी छन् ।
सीमामा हुने विभिन्न हेर्दा नेपाली सेनामा पनि छुट्टै संरचना छ । यद्यपि अन्तर्राष्ट्रिय प्रचलन अनुरुप सेनाको उपस्थिति सीमामा छैन ।
नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!