२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

साइबर अपराध मुद्दामा युट्युबर सन्तोष देउजाले सफाइ पाए

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । साइबर अपराध मुद्दामा युट्युबर सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो ।

न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।

देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट युट्युब च्यानलका प्रबन्ध निर्देशक समेत हुन् । देउजाले डा. नीलमकुमारी साह र डा. राजेशकुमार साह दम्पतीको झगडाको विषयमा युट्युब च्यानलमा अन्तर्वार्ता प्रसारण गरेका थिए ।

अन्तर्वार्ताको विषयमा असन्तुष्टि जनाउँदै डा. नीलम र उनका बुवा निरञ्जनप्रसाद साहले देउजाविरुद्ध मुद्दा दायर गरेका थिए । हिरासत नबसी लुकेर बसेका देउजाले २०७६ कात्तिक १४ गते अदालत पुगेर २५ हजार रुपैयाँ धरौटी बुझाएका थिए ।
onlinekhabar बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।