ABC (क्राईमबिट)
दाङ । तुलसीपुर १६ बिजौरी भोजपुर सडक खण्डको गणेशपुरमा रा ५ प ५०६३ नम्बरको मोटरसाइकल र रा १ ह २८०९ नम्बरको अटो एकआपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर १६ लक्ष्मीपुरका हस्तलाल बोहोरा र मोटरसाइकल पछाडि बसेका सोही ठाउँ निवासी हेमराज चौधरी घाइते भएका हुन् । त्यस्तै अटो चालक तुलसीपुर १५ भोजपुरका ३३ वर्षीय तारा बहादुर डाँगी सहित ३ जना समेत घाईते भएको ईलाका प्रहरी पकार्यालय तुल्सीपुरले जनाएको छ । अन्य २ जनाको परिचय खुलेको छैन् । अटोमा सवार १ जना भने सकुशल रहेको बताईएको छ । घाइतेहरूको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्याइएकोछ । घाइते केहीलाई गम्भीर चोट लागेको दुर्घटना स्थलका प्रत्यक्षदर्शीले बताएका छन् । सडक घुम्ती र तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।