१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

होशियार है पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।
तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।

 

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ । एजेन्सीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!