१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मेडिकलमा डाक्टर नहुँदा आइसियु सेवा बन्द

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

(ABC-Sanchar)
बागलुङ । धौलागिरि अस्पताल बागलुङको सघन उपचार कक्ष (आइसियु) सेवा बन्द भएको छ ।
आइसियु सेवा सञ्चालनको लागि आवश्यक डाक्टरको अभाव हुँदा सेवा बन्द भएको हो । आइसियु सेवा आवश्यक पर्ने कोरोनाका बिरामी मर्कामा परेका छन् । जटिल प्रकारका बिरामीलाई सिधै पोखरा पठाउनु पर्ने बाध्यता सृजना भएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
धौलागिरि अस्पताल बागलुङको जटिल कोरोनाका सङक्रमितलाई उपचार गर्ने एक मात्र अस्पताल हो । अस्पतालमा अहिले कुल छ जना मेडिकल अधिकृत कार्यरत छन् । हाल मौजुदा मेडिकल डाक्टर मध्ये पाँच जना इमरजेन्सी, मेडिकल विभाग र डायलासिस कक्ष र दुई जना प्रसूति गृहमा जिम्मेवारी प्रदान गरिएको छ ।
आइसियु कक्षमा कार्यरत ६ जना डाक्टरमध्ये तीन जना अध्ययन बिदा र तीन जना सरुवा भएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रमुख डाक्टर पोखरेलको भनाई छ । हाल कार्यरत सबै मेडिकल अधिकृत सबै करार सेवामा नियुक्ति भएका हुन । अबको एक महिनाभित्र सबै मेडिकल अधिकृतको करार अवधि समाप्त हुनेछ ।
अस्पतालको इमरजेन्सी, डायलासिस र प्रसूतिगृहमा कार्यरत डाक्टरलाई आइसियु कक्षका खटाउँदा थप समस्या हुने उहाँको भनाइ छ । करारमा रहेका डाक्टरको स्वास्थ्य सेवा विभागले नियुक्त गरेको हो । उनीहरुको करार अवधि थप नभए झनै समस्या हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरको भनाइ छ ।
प्रदेश सरकारले पठाएको तीन र करारमा रहेको तीन जना डाक्टर अहिले कार्यरत छन् । अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न पन्ध्र जना डाक्टरको आवश्यकता हुन्छ’ प्रमुख डाक्टर पोखरेलले भन्नुभयो–‘प्रदेश मन्त्रालय स्वास्थ्य सेवा विभाग र मन्त्रालयसम्म पत्राचार तथा भेटवार्ता गरे पनि माग पूरा भएको छैन ।’
आइसियु कक्षको लागि तीन सिफ्टमा डाक्टर खटाउनु पर्ने हुँदा न्यूनतम ६ जना मेडिकल अधिकृत आवश्यक हुन्छ । अस्पताल व्यवस्थापन समिति र प्रशासन प्रमुख मन्त्रालय विभाग धाए पनि तत्काल माग पूरा नभएको अध्यक्ष रानाले बताउनुभयो ।
अहिले कोभिड सङ्क्रमित एक जनालाई इमरजेन्सीमा राखेर उपचार गरिएको छ । नर्मल आइसियु समेत सञ्चालनमा समस्या भएको छ । केही महिला अघि स्थापना भएको आईसियु पनि जनशक्ति अभाव हुँदा नियमित छैन । पोर्टेबल भेन्टिलेटर प्रयोग गरेर एनआइसियु कक्ष तयार गरिएको थियो । एनआइसियुको लागि आवश्यक सामग्री खरिद गर्न तीन करोड रुपियाँ माग गरे पनि ६० लाख रुपियाँ मात्र प्राप्त भएको डाक्टर पोखरेलको भनाइ छ ।
अस्पतालमा अहिले दश जना विशेषज्ञ डाक्टर कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्टबाहेक अन्य सबै डाक्टर करारमा नियुक्त भएका हुन् । प्रदेश तथा सङ्घीय मन्त्रालयले जनशक्ति र स्वास्थ्य सामग्री व्यवस्थापनमा सकारात्मक जवाफ दिए पनि व्यवस्थापन नहुँदा अस्पतालको सेवा प्रभावी भएको अध्यक्ष रानाले बताउनुभयो । कोरोनाको तेस्रो लहरको त्रास बढेको हुँदा तत्काल जनशक्ति व्यवस्थापन नभए उपचारमा समस्या हुने उहाँको भनाइ छ । गोर्खा पत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!