२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ज्ञानदा एकेडेमीद्धारा अन्तर विद्यालय गायन प्रतियोगिताको सप्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

(ABC-Sanchar)
बिरगंज । ज्ञानदा एकेडमीले अनलाईको माध्यमबाट अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भारत र नेपालका गरी सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नियमानुसार १८ जना विद्यार्थीहरु प्रथम चरणमा छानिएका थिए भने द्धितीय चरण अन्तर्गत फाइनलमा सात जना र अन्तिम चरणमा चार जना विद्यार्थी सफल भएका थिए । अन्तर विद्यालय गायन प्रतियोगिता अन्र्तगत पहिलो स्थानमा साउथ जोन मा. वि. का सुरज पटेल, दोस्रो स्थानमा चिल्ड्रेन वल्र्ड मा. वि. का विजीता राई , तेस्रो स्थानमा सिद्धार्थ मा. वि. का सेमुअल थामी र दर्शकछनौट पुरश्कार अन्तरगत दिल्ली पब्लिक स्कूलकी श्रुती यादव विजयी भएका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक डा. सि. बी. जदली ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र उनीहरुका अभिभावकले समेत सहभागिता जनाएका थिए । यसै क्रममा सहभागि अभिभावकहरुले यस्तो कार्यक्रम आगामि दिनहरुमा पनि हुनुपर्ने धारणा राखेका थिए ।
अन्तिममा ज्ञानदा एकेडमीका प्रधानाध्यापक डा. सि. बी. जदली रहेका प्रतिभाहरुको कदर तथा खोजी गर्नुका साथै भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरु गर्दै जाने कुरा व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]