ABC (क्राईमबिट)
धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।