(सागर थापा)
दाङ । गएराती देखि परेको लगातारको बर्षाका कारण घोराही होलेरी सडक खण्ड अवरुद्ध भएको छ ।
शुक्रबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १३ काभ्रेमा पहिरो गए पछि बाटो रुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुनबाङ्गले सूचना निकालेर जानकारी दिनुभएको छ । बिहान साढे सात बजेबाट अवरुद्ध भएको बाटो दाङ प्रहरीले खुलाउने कार्य गरिरहेको सिडियो कुरुङबाङ्ग्ले बताएको ।