१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मेसुलाई कालो मोसो दल्ने परियार र क्षेत्रिलाई अनेरास्वबियुको साधारण सदस्यता नरहने गरि कारबाही

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती प्रादेशिक अस्पतालको मेसु डाक्टर बिनोद सिहंलाई कालोमोसो दल्ने एमाले भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्षको दाबी गर्दै आएका सर्जन परियारलाई नेकपा एमाले दाङले साधारण सदस्यता नरहने गरि कारबाही गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेर र सचिब मनोहर बुढाथोकिले एक प्रेस बिज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटाे घृणित कार्यमा सलग्न भइ कानुन हातमा लिने परियार र दिबस क्षेत्रिलाई अनेरास्वबियु र पार्टीको जिम्मेवारीबाट हटाइएको र एमालेको साधारण सदस्यता समेत नरहने गरि कारबाही गरिएको बताउनु भयो । साथै उहाँहरुले बिज्ञप्तीमार्फत कानुन हातमा लिने सो समुहलाई कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्नुभयो ।

कालोमोसो दलेपछि चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने अस्पताल बिकास समितिको निर्णय गरेका छन ।
परियारले शुक्रबार दिउँसो अस्पताल जस्तो अति सबेंदनसिल क्षेत्रमा प्रबेश गरि मेसुको कार्यकक्षमै मोसो दलेर फरार रहेको प्रहरीले बताएको छ।
दोषिको खोजिकार्य भैरहेको समेत स्थानिय ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख डिअसपि श्याम अर्यालले जानकारि दिए ।
दोषिमाथि तत्काल कार्बाहि गर्न माग चौतर्फिरुपमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!