१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कमिसनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ ।

सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७र०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेको छ ।

खरिद गरिएको लामो समय सम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनाशर्त लिन अस्वीकार गरेपछि बर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीयतहलाई बुझाउने तयारी गरेका हुन् ।

लामो समयदेखि खुल्ला आकासमा थन्काइएका वारुणयन्त्र बिग्रिने अवस्थामा पुगेका छन् । प्रहरीले वारुणयन्त्र संचालनको लागि इन्धन, मर्मतसम्भार गर्न वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त राखेको छ ।

प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेको छ । मन्त्री साहले प्रदेश प्रहरी अझै पनि संघीय सरकारकै मातहतमा रहेकोले बजेट दिन नसकिने जनाउँदै आएको छ ।

प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुणयन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगंजमा रहेको विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुणयन्त्र प्रहरीले केही दिन अघि बुझेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!