१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बाँकेका सिडिओ गेलाले आफनै निर्देशन आफैले उल्लघन गरेका छ्न टुलुटुलु हेरेर बसे

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८


(ABC-Sanchar)
बाँके । अहिलेपनि कोरोनाको उच्च जोखिममा देखिएको छ । बाँके प्रशासनले २५ जना भन्दा बढी मानिस जम्मा हुन नहुने, भीडभाड गर्न नहुने यो भन्दा धेरै मानिस भएर गोष्ठि, सेमिनार गर्न नहुने भन्दै सूचना जारी समेत गरेको छ ।

बाँकेको नेपालगन्जमा अहिले पनि सरकारी लकडाउन कायमै छ । तर, शनिबार मात्रै नेपालगन्जमा भएको एक कार्यक्रममा बाँकेका सिडिओ शिवराम गेलाले आफनै निर्देशन आफैले उल्लघन गरेका छन ।

बाकेको पर्यटन विकासका लागि भन्दै बाँके राष्ट्रिय निकुन्जले गरेको सेमनिारमा करिब ९७ जना व्यक्तिको सहभागीता थियो ।

जहाँ पर्यटन बोर्डका सिईओ डाक्टर धनन्जय रेग्मीले सरकारले तोकेको स्वास्थ्य मापदण्डको उल्लघन गर्दै माक्स समेत लगाएका थिएनन । उक्त कार्यक्रममा बाँकेका सिडिओ टुलुटुलु हेरेर बसिरहेका थिए ।

मेरो पलानेटको हलमा ९७ जना मानिस रहेको र जहाँ सिईओले स्वास्थ्य मापदण्ड पालना नगर्दा सिडिओले आफै निर्देशन उल्लघन गर्दा सहभागलिे आलोचना गरिरहेका थिए । बाँकेमा पर्यटन विकासका नाममा बर्षेनी थुप्रै गोष्ठि, सेमिनार हुने गरेका छन । यसमा बार्षिक करोडौंको सरकारी तथा दातृ निकायको बजेट खर्च भैरहेको छ ।

पर्यटन क्षेत्रका ठेकेदारहरूले यहाँको पर्यटन विकासको ठुलाठुला सपना देखाउँदै आएका छन । तर, करोडौंको लगानी वालुवामा पानी झै भएको छ ।

बाँकेको पर्यटन विकास अहिले पनि थला परेको छ । थोत्रा गफ र आदर्शले पर्यटन विकास सम्भव देखिदैन । यद्दपी बाँकेमा रहेका पर्यटन सम्बन्धी काम गर्ने ठेकेदरा र पर्यटन माफियाहरूका काम भन्दा धेरैथोत्रा गफ बजारभरी छताछुल्ल हुने गरेका छन ।

यसै सन्दर्भमा शनिबार नेपालगन्जमा बाँके राष्ट्रिय निकुन्जले एउटा महँगो सेमिनार गरेको तीन दिन गर्ने भनिएको उक्त सेमिनार एक दिनमा सकेको निकुन्जले शनिबार पनि पर्यटन प्रबद्धनका नाममा डेढ लाख बढी खर्चेको छ । यो पनि उपलब्धीहीन हुने निश्चित देखिएको छ ।

मिडियामैत्री हुन नसकेका बाँकेका पर्यटन व्यवसायी र पर्यटनको विकासका लागि ठेक्का लिएका ठेकेदार कम्पनीहरू कहाँबाट कसरी रकम असुल्न सकिन्छ र पर्यटनका नाममा सरकारी रकम दोहन गर्न पाइन्छ भन्ने सोचमा मात्रै रहेको देखिएको छ ।

बाँकेको पर्यटन विकासका निहुँमा खोलिएका नाटा, पर्यटन विकास मन्च लगायतका कम्पनीहरूले बाँकेको पर्यटन भन्दापनि आफनै विकासमा बढी ध्यान दिने गरेको नागरिक गुनासो छ ।

 

चाकडी गर्नका माहिर नाटाका अध्यक्ष भनिएका अच्युत गुरागाई कसरी बाँकेबाट पर्यटनका नाममा कमाउधन्दा गर्न सकिन्छ भन्ने सोचमा मात्रै देखिएका छन ।

शनिबारको एउटा कार्यक्रममा बोल्दा मात्रै उनले मेयर लगायतका केही व्यक्तिको सयोै पटक नाम उचारहण गरी गरेको जयजयकारले नै उनी चाकडीवाझ र पर्यटन माफिया भएको प्ुष्टि गरेको कार्यक्रमका सहभागी बताउँछन ।

नेपालगन्जमा बस्दा, खाने, बस्ने, घुम्ने, मोजमस्ती गर्ने आउने जाने लगायतका फ्रि सुविधा पाएका कारण अध्यक्षको ढोल ठोकिएका गुराईले केही व्यक्तिको सार्वजनिक कार्यक्रममै दशौं पटक नाम उच्चाहरण गरी चाकडी बजाउने गरेको खुलेको छ ।

शनिबारको सेमिनारमा स्वास्थ्य मापदण्ड समेत उल्लघन गरेका अध्यक्ष गुरागाईले माक्स समेत प्रयोग गर्न ध्यान दिएका थिएनन ।

बाँकेको पर्यटन विकासमा पुलिस बाधक रहेको मेयर धवल शम्सेर राणाले बताएका छन । उनका अनुसार भारतीय पर्यटकले चल्ने नेपालगन्जको पर्यटनमा सिमाबाट पर्यटक आउँदा बाँके पुलिसले सासती दिने गरेको छ ।

पुलिसले दिने सास्ती र असुली गर्ने प्रवृत्तिले भारतीय पर्यटक नेपालगन्जमा आउने क्रम रोकिएको र यसले यहाँको होटल देखि अन्य पर्यटन विकासमा समस्या देखिएको उनी बताउँछन । ई-सेतोखरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!