१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अन्तर्राष्ट्रिय हवाई उडानमा ७३.२७ प्रतिशतले घटे यात्रुहरु

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८


(ABC-Sanchar)
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ लाख ५ हजार ९२९ मा झरेको हो ।

यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१,८८,४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घट्न गई १२, ९२, ५२१ कायम हुन पुगेको क्यानले जनाएको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष समेत घोषणा गरेकोमा उक्त वर्ष पर्यटन बढ्न गई हवाई यात्रुको चहलपहलमा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएकोमा कोभिड १९ का महामारीको कारण हवाई तथा पर्यटन क्षेत्र प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टुबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेको छ ।

नेपालमा नियमित हवाई सेवामा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा वायुसेवा, आन्तरिक उडान तर्फ ९ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी सञ्चालनरत छन् ।
रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!