१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बर्दिया प्रहरीले अबैध समान र लागूऔषधसहित १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

ABC (क्राईमबिट)
बर्दिया । वेवारिसे अवस्थामा फेला परेका सामान प्रहरीद्वारा बरामद गरीएको छ । भदौ १२ गते प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित सडक बाटो छेउबाट सो सामान बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. १७हजार ९० बराबरका साईकलका सामानहरु फेला पारी रितपुर्वक बरामद गरिएको हो। बरामद गरिएका सामान आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो।
बर्दिया प्रहरीले लागु औषध कारोबारी पक्राउ गरेको छ। भदौ १२ गते ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलिले कारोबारी पक्राउ गरेको हो । बर्दियाको राजापुर नगरपालिका वडा नं.४ राजापुर बजार बस्ने बर्ष ३१ को अलिम अन्सारीले संचालन गरेको बिरयानी एण्ड कफी शपमा शंका लागी खान तलासी गर्दा उक्त बिरयानी एण्ड कफि शपबाट सो सामान बरामद भएको हो । बरामद भएको लागु औषध फेला पारी रितपुर्बक बरामद गरी निज अलिम अन्सारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो । प्रारम्भिक अनुसन्धानबाट निज लागु औषधको कारोबारी रहेको भन्ने बुझिएको, अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।

बरामद गरिएको लागु औषधमा Nitrazepam tablet sip (Nitravet-10) ५७० ट्याब्लेट, SPASMO-PROXYVON® Plus – २६४ ट्याब्लेट, ALPRASAFE 0.5 (Alprazolam Tablet sip 0.5mg) -४२० (चार सय बीस) ट्याब्लेट रहेको प्रहरीले जनाएको छ।बरामद गरिएका अन्य सामाननहरुमाVivo कम्पनीको मोबाईल थान१,बिभिन्न दरका नेपाली रुपैयाँ रू. ३७७०, बिभिन्न दरका भारतिय रूपैयाँ रू. २२० रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीद्वारा प्रेस रिलिजमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!