१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बिरगंजमा ज्ञानदा एकेडेमीद्धारा कृष्णजन्माष्टमी धूमधामले मनाइयो

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(ABC-Sanchar)
बिरगंज । हरेक वर्ष धूमधामले मनाउदै आएको श्री कृष्णजन्माष्टमी यस वर्ष पनि ज्ञानदा एकेडमीले धूमधामले मनाउन सफल भएको छ ।
कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने स्वागत मनतव्य ज्ञानदा एकेडमीका शैक्षिक प्रमुख श्रीमती सन्ध्या वशिष्ठले गर्नु भएको थियो । वहाँले आफ्नो मनतव्यमा यस प्रकारका कार्यक्रमले नयाँ पिढिहरुमा आफ्नो संस्कृति र पराम्पराप्रति गहिरो सम्बन्ध जगाउन प्रेरित गर्ने तथा वहाँले भगवत गीतामा दिएको शिक्षालाई पनि उल्लेख गर्नु भयो जस्तै ः संधै नौलो किसिमको ज्ञान प्राप्त गर्न लालायित हुनु , अरु प्रति नम्र बन्दै जे हुन्छ त्यो राम्रोको लागि हुन्छ भन्ने सोच्नु , लोभ लालच र इष्र्या र डाहमा नपरी आफ्नो कर्तव्य पालना गर्नु साथै कृष्णका विभिन्न रुपहरु जस्तै ः मधुसुदन, कृष्णा , माखन चोर , मुकुन्दा आदिका बारेमा पनि चर्चा गर्नु भयो ।
उक्त अवसरमा ज्ञानदा एकेडमीले फेन्सी ड्रेस र नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा संस्कृति नृत्यका साथै विभिन्न सस्कृति झल्काउने झाँकीका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका छात्र – छात्राहरु, अभिभावक तथा शिक्षक शिक्षिकाहरुको पनि उपस्थितीरहेको थियो । कार्यक्रमको सहजिकरण मौसमी भाङ्गरले गर्नु भएको थियो । कार्यक्रमको सफलताको श्रेय सम्पूर्ण ज्ञानदा परिवारको योगदानले सफल भएको कुरा शैक्षिक प्रमुख वशिष्ठले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!