१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रिसिबीका कारण कोहलपुरमा एक युवामाथि खुकुरी प्रहार

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

ABC (क्राईमबिट)
बाँके । कोहलपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ । ब्यक्तिगत रिसिबीका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आज मध्यान्ह १२ बजेतिर स्थानीय युवा प्रदिप रानामाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पुरानो झगडालाई लिएर विनय चन्दले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट रानाको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

केही दिन पहिले चन्दमाथि कुटपिट भएको थियो । उक्त घटनापछि दुबै पक्षलाई बोलाएर प्रहरीले मिलापत्र गराएको थियो । तर पुरानै घटनालाई लिएर रानामाथि खुकुरी प्रहार भएको खुल्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले बताउनुभयो । खुकुरी प्रहार गरी फरार भएका चन्दको खोजी कार्य तीब्र पारिएको कोहलपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!