२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८

ABC (क्राईमबिट)
सप्तरी । जिल्लाको बोदेबर्साईन नगरपालिका-९ सुभरनपट्टिबाट सोमबार सशस्त्र प्रहरीले ६ लाख ३३ हजार १ सय ९० नेपाली रुपैयाँ तथा भारतीय ९८ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवन जिल्ला लौकही ग्राम पञ्चायत-४ घर बताउने ५० वर्षिय श्याम राय छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका रायलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उनको साथबाट एक थान मोबाइल सेट समेत बरामद गरेको छ ।

पक्राउ परेका रायलाई बरामद रुपैयाँ तथा मोबाइल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]