१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

काठमाडौं उपत्यकामा खुलेनन् फिल्म हलहरु चिन्तितमा हल व्यावसायि

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् ।

प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल्म रिलिज हुन सकेन’ शर्माले भने, ‘अझै केही दिन यस्तो समस्या रहन्छ । त्यसपछि हल खुल्छ ।’ सबै प्राविधिक व्यवस्था मिलाएर एक साताभित्र सबै हल खुल्ने उनले अनुमान लगाए ।
‘हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन’ शर्माले थपे, ‘पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ ।’ शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए । थपे, ‘फिल्मको कारणले भन्दा हलकै कारणले आज नखुलेको हो । पुरानो फिल्मको समस्या भने छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!