२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दियामा विद्यार्थीहरुलाई बाघको आक्रमणबाट जोगाउन बस सेवा सुरु

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८


(ABC-Sanchar)
बर्दिया । विद्यार्थीलाई बाघको आक्रमणबाट जोगाउन क्याम्पसले बस सेवा संचालन गरेको छ ।

ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न बस सेवा संचालनमा ल्याएको हो । चुरे क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु टाढाबाट आउँने गर्छन् । क्याम्पस आउँदा बाटोमा वन जंगल पर्छ । विद्यार्थीहरु क्याम्पस जाँदा बन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहेको थियो । अघिल्लो वर्ष देखि निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत बाघको आक्रमण रोकिएको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहेकोले बस सेवाको व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताए । क्याम्पसले जोखिमलाई मध्यनजर गरेर विद्यार्थीलाई जोगाउन बस सेवा संचालन गरेको हो ।

ठाकुरद्वाराबाट बगनाहा क्याम्पससम्म बस सेवा सञ्चालनमा हुने छ । बस सेवाबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । हाल कोभिड–१९ का कारण क्याम्पस संचालन नभए पनि शुक्रबारदेखि संचालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाहा क्याम्पससम्म पु¥याइने सहायक प्रमुख खड्काले जानकारी दिए । राससबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]