२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कैलालीमा अटो र विङ्गर दुर्घटना हुँदा ३ जनाको मृत्यु,४ जना घाईते

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८


ABC (क्राईमबिट)
धनगढी । कैलालीमा शुक्रबार राति विङ्गर र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन।

कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुर स्थित पुर्व पश्चिम रार्जमार्गमा पश्चिम बाट पुर्ब तर्फ गईरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पुर्व बाट पश्चिम तर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राती करिब ११ बजे तिर एक आपसमा ठोकिई दुर्घटना हुदा अटोमा सवार ३ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागी सेति प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा घोडाघोडि नगरपालिक्व ९ का २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने बर्ष २४ को दिपेन्द्र चौधरी, सोही ठाउका अटो चालक बर्ष २२को सुरेश चौधरी, बर्ष २० को असान्त चौधरी र बर्ष ३० को हरी चौधरी रहेका छन। घाइते चारैजनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

ठक्कर दिने विईङगरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भने दुर्घटना पछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका तीनै जनालाई तत्काल उपचारका लागि धनगढी ल्याईएको थियो। जसमध्ये दुई जनाको माया मेट्रो अस्पताल र एक जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]